Section 116
नेपाल सरकार बादी हुने
(१) दफा १०३ मा उल्लिखित कसुर सम्बन्धी मुद्दा नेपाल सरकार बादी भई दायर गरिनेछ र त्यस्तो मुद्दा प्रचलित सरकारी मुद्दा सम्बन्धी ऐनको अनुसूची–१ मा समावेश भएको मानिनेछ । (२) दफा १०३ बमोजिमको कसुर गर्ने कुनै सञ्चालक, पदाधिकारी, कर्मचारी, ऋणी वा अन्य कुनै व्यक्तिका विरुद्ध जो कसैले पनि सो को प्रमाण सहित लिखित वा मौखिक रुपमा नजिकको प्रहरी कार्यालयमा उजुरी दिन सक्नेछ । यसरी उजुरी दिँदा नाम उल्लेख गर्न आवश्यक हुने छैन । (३) दफा १०३ बमोजिमको कसुरको अनुसन्धान, तहकिकात तथा मुद्दा दायर गरी पुर्पक्ष गर्ने जस्ता सबै कार्यमा राष्ट्र बैंकले आवश्यक सहयोग गर्नु पर्नेछ ।